घरायसी विवादमा छोराले गरे बाबुको हत्या
रौतहट | माघ २०, २०७९
रौतहट : चन्द्रपुरमा छोराले बाबुको हत्या गरेका छन् । घरायसी विवादमा चन्द्रपुर नगरपालिका –६ का ३२ वर्षीय प्रकाश राईले बिहीबार राति बुबाको हत्या गरेका प्रहरीले जनाएको छ ।
राईले दाउराको चिर्पटले टाउकोमा प्रहार गरेर ५५ वर्षीय बुबा निरकुमार राइको हत्या गरेको प्रहरीले जनाएको छ । बाबुको हत्या गरेको आरोपमा राईलाई राति नै प्रहरीले हिरासतमा लिएर अनुसन्धान थालेको डीएसपी सन्तुप्रसाद जयसवारले जानकारी दिए।
बाबु र छोराबीच राति विवाद हुँदा छोरा प्रकाशले दाउराको चिर्पटले हानेका थिए ।
घाइते निरकुमारलाई तत्काल उपचारका लागि चन्द्रपुर अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी चन्द्रनिगाहपुरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले प्रकाशलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...
गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ । रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...
गण्डकी: कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

